आज काठमाडौं विमानस्थलमा छ अन्तर्राष्ट्रिय उडान हुने भएका छन्।
विमानस्थल कार्यालयका अनुसार यी उडानबाट आज बेलुका नेपाल एयरलाइन्सले दुबईबाट ल्याउने बाहेक अहिलेसम्म कुनै पनि यात्रु प्रवेश गरेका छैनन्।
भोल्गा ड्नेपर एयरलाइन्सको जहाज नागपुरबाट १७ हजार केजी कार्गो ल्याएर आएको थियो। त्यस्तै हिमालय एयरलाइन्सका २ जहाज जहाज कार्गो उडानकै लागि आज बेलुका चीनको कुनमिङ जाने छन्।
त्यस्तै नेपाल एयरलाइन्सको जहाज आज बिहान १६४ जना यात्रु र १६ हजार किलो कार्गो बोकेर गएको थियो।
त्यस्तै आन्तरिक तर्फ तार एयरलले लुक्ला,सीता एयरले नेपालगञ्ज उडान गरेका छन्। ताराको जहाजले कार्गो लिएर गएको थियो भने सीताले ८ जना यात्रु ल्यएर आएको थियो।
त्यस्तै प्रभु हेलीले पोखराबाट ३ जना ल्याएको थियो। एयर डाइनेस्टीले विराटनगर ३ जना लिएर १ जना काठमाडौं ल्याएको थियो। मनाङ एयरले ४ जना लुक्ला लिएर ३ जना काठमाडौं ल्याएको थियो।
भोलि हिमालय एयरलाइन्सका दुई जहाज कुनमिङबाट फर्किनेछन् भने लनमेइ एयरलाइन्स र पिटी माइ इन्डो एयरलाइन्सका जहाज काठमाडौं आएर जाने छन्।