नेपालको इ–कमर्स कम्पनी सस्तोडिल डटकमले एकै साता भारतका दुई ईकमर्स कम्पनीसँग रणनैतिक साझेदारी गरेको छ।
फ्लिपकार्टपछि सस्तोडिलले भारतीय फेसन र जीव शैलीको प्रख्यात कम्पनी मिन्त्रासँग रणनैतिक साझेदारी गरेको हो।
सस्तोडीलले मिन्त्रा फेशन ब्रान्डको सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने सस्तोडीलका संस्थापक सीईओ अमन थापाले बताए।
साझेदारीपछि मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ। त्यसैगरी, सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिने थापाले बताए।