काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार अन्तर्राष्ट्रिय उडान तथा अतवरण भएका छन्।
विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार यी सबै उडान एयर अरेबियाका हुन्।
एयर अरेबियाको एउटा कार्गो चार्टर्ड उडान हो भने अर्को नेपालीलाई ल्याएको उडान हो। विमानस्थल कार्यालयका अनुसार एयर अरेबियाको जहाजले सारजाहबाट १६१ जना नेपाली ल्याएर काठमाडौं आएको छ।
आज आन्तरिक तर्फ हेलिकप्टर उडान भएको छैन भने आन्तरिक २ एयरलाइन्सले ३ उडान गरेका छन्। तारा एयरको कार्गो उडान लुक्ला गएको छ भने समिट एयरले नेपालगञ्ज र सिमिकोट उडान गरेको छ।
भोलि भने काठमाडौंमा ९ अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने छन्। आजदेखि नै नेपाली फर्काउने उडान सुरु भएकाले भोलिदेखि धेरै एयरलाइन्सले उडान सुरु गर्ने छन्।