हिमालय एयरलाइन्सले आजदेखि यात्रुबाहक चार्टर्ड उडान गर्ने भएको छ। नेपाल सरकारको निर्णयअनुसार विदेशमा रहेका नेपालीहरुलाई ल्याउनका लागि गरिने यस्तै चार्टर्ड उडान आजदेखि सुरु भएको एयरलाइन्सले जानकारी दिएको छ।
हिमालयले आज साउदीको दमाम,अगष्ट २७ र २९ मलेसियाको क्वालालम्पुर, २९ अगष्टमा युएईको आबुधावी र अगष्ट ३१ मा कतारमा उडान गर्ने जानकारी दिएको छ।
दुबइ र मलेसियाबाट आउनेले अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने छ भने दमाम र दोहबाट आउनेले काठमाडौंका लागि होटल बुकिङको पनि अनिवार्य कागज हुनुपर्ने छ।