तपाइँ निषेधाज्ञाको बेलामा तरकारी किन्न पसलमा जान डराइरहनु भएको छ भने अनलाइनमै तरकारी अर्डर गर्न सक्नुहुन्छ। नेपाली इकमर्श कम्पनी ग्यापुले पसलमाभन्दा सस्तो मूल्यमा तरकारी डेलिभरी गर्दै आएको छ।
‘यो महामारीको समयमा उपभोक्तालाई राहत होस् भनेर पसलमा भन्दा सस्तो मूल्यमा तरकारी वितरण गरेका छौं,’ ग्यापु मार्केटप्लेसका सञ्चालक ज्ञानेन्द्र खड्काले भने, ‘हामीले तरकारीको मूल्य सूची निकाल्ने गरेका छौं, त्यही हेरेर उपभोक्ताले अर्डर गर्न सक्छन्।’
उनकाअनुसार तरकारीको मूल्य महँगो भयो भने अर्को मूल्य सूची निकाल्छि नभए एउटै मूल्य सूचीका आधारमा ग्राहकले अर्डर गर्न सक्छन्।
‘आजसम्म ग्राहकले हिजो निकालेकै मूल्य सूचीका आधारमा तरकारी अर्डर गर्न सक्छन्, तरकारीको मूल्य बढ्यो भने भोलि अर्को मूल्य सूची निकाल्छौं,’ उनले भने।
ग्यापुको शनिबार निकालेको तरकारीको मूल्य सूचीमा सबैभन्दा सस्तो गोल्भेंडा देखिन्छ। बाहिर बजारमा गोल्भेंडाको मूल्य ८० रूपैयाँ छ तर ग्यापुमा भने प्रतिकेजी ४७ रूपैयाँ रहेको छ।
त्यसैगरी प्याज प्रतिकेजी ३६, सानो आलु प्रतिकेजी सय, केजी, कागती १ सय ९०, गाजर सय, मूला ४७, काउली सय, डल्ले च्याउ ३ सय ८०, बन्दाकोभी ७० र हरियो सिमी ९५ रूपैयाँ रहेको छ।
