नेपालको हिमाली क्षेत्रमा पाइने जडीबुटी 'यार्चागुम्बा' २० करोड रुपैयाँ बराबरको विदेश निर्यात भएको छ।
नेपालका हिमाली क्षेत्रबाट अनौपचारिक माध्यमबाटै चीन निर्यात हुँदै आएको यो जडिबुटी पछिल्लो समय औपचारिक माध्यमबाट तेस्रो मुलुकहरुमा निर्यात हुने गरेको छ।
भन्सार विभागका अनुसार नेपालबाट गएको वर्ष ३५६ किलो यार्चागुम्बा निर्यात भएको छ। कूल २० करोड २२ लाख रुपैयाँको निर्यायत भएको हो।
भन्सार विभागकाअनुसार कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया,सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा निर्यात भएको छ। सबैभन्दा धेरै हङकङमा १५६ किलो निर्यात भएको हो।
वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बा यो वर्षको साउनमा पनि ३५ किलो निर्यात भएको छ।