वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर क्षेत्रका ४ पानी उद्योगमा अनुगमन गरेको छ। उपभोक्ताबाट आएको उजुरीका आधारमा विभागले अनुगमन गरेको हो।
अनुगमन गर्दा ती उद्योगले गुणस्तरहीन पानी बेचेको पाइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए।
‘आइतबार पानी उद्योग अनुगमन गर्दा ती उद्योगले इजाजत नलिई, खाद्य अनुज्ञापत्र बिना र ट्रेडमार्क दर्ता नगरी गुणस्तरहीन बोरिङ गरेको पानी उत्पादन तथा बेचबिखन गरेको पाइएको छ,’ विभागका प्रवक्ता आचार्यले बताए।
उनकाअनुसार डाँफे मिनरल वाटर र गोर्खा वेभरेजलाई शिलबन्दी गरिएको छ भने ब्लुपाइन मिनरल वाटर र सप्रिया ट्रेडर्सलाई बिलबिजक र व्यवसाय दर्ताको कागजातसहित ७ दिनभित्र उपस्थित हुन आदेश दिइएको छ।
कागज हेरेपछि कसूरको मात्रा हेरी जरिवाना हुने आचार्यले बताए।