कतारमा रहेका २६४ जना नेपाली स्वदेश फर्किएका छन्।
दुई उडानबाट उनीहरु नेपाल आएका हुन्। हिमालय एयरलाइन्सले १२६ जना ल्याएर आएको थियो भने नेपाल एयरलाइन्सले १३८ जना।
विमानस्थल कार्यालयका अनुसार एयर अरेबियाको जहाज भने कार्गोमात्र ल्याएर आएको थियो।
सरकारले पछिल्लो समय चार्टर्ड उडानबाट नेपालीहरुलाई स्वदेश फर्किने अनुमति दिइरहेको थियो। आजदेखि भने नियमित उडान पनि खुला गरेको छ।
तर नियमित उडान सिमित गन्तव्यमा र धेरै शर्तसहित अनुमति दिइने छ।