भी सेपको जहाजको पहिलो वास्तविक परीक्षण उडान पूरा भएको छ। फ्लाइङ भी नाम दिइएको यो जहाजको पहिलो सफल परीक्षण भएको बताइएको छ।
केएलएम रोयल डच एयरलाइनले टेक्निसिच विश्वविद्यालयसँगको सहकार्यमा यो जहाज बनाउने परियोजना सन् २०१९ देखि सुरु भएको हो।
अनुसन्धानदाता, इन्जिनियर र ड्रोन पाइलटको टिमले इन्धन किफायति जहाजको डिजाइन गरेको टियुडेल्फ्टले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
केएलएमले यो जहाजको अवधारणला भविष्यका लागि भएको बताएको छ। उसले यो जहाज एड्भान्स्ड एयरबस ए३५० मोडलसँग तुलना हुने बताएको छ। यसमा यसमा यात्रु बोक्ने क्षमतादेखि कार्गोसम्मका पक्षमा ए३५०सँग मिल्ने उसले दाबी गरेको छ।
भिआकार देखियो यो जहाज अहिले भएकै विमानस्थल पूर्वाधारमै चल्ने बताइएको छ। त्यस्तै ह्यांगर पनि ए३५० कोमा फिट हुने बताइएको छ। यद्यपी यो ए३५० को तुलनामा २० प्रतिशत न्यून इन्धन खपत गर्ने दाबी गरिएको छ।