नेपाल एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ।
नियमित उडान भएपछि चार्डर्डभन्दा महंगो भाडा भएको यात्रुबाटै गुनासो आएपछि राष्ट्रिय ध्वजाबाहकले आफ्नो विभिन्न श्रेणीको भाडादर सार्वजनिक गरेको हो।
नेपाल एयरलाइन्सले क्वालालम्पुर- काठमाडौं र दुबई-काठमाडौंको भाडादर चार श्रेणीमा सार्वजनिक गरेको छ।
सबै करसहितको यो भाडादरको उच्च श्रेणीको भाडा चार्टर्डभन्दा बढी रहेको छ।
नेपाल एयरलाइन्स आफैले सार्वजनिक गरेको भाडादर दुबईबाट काठमाडौं आउने भाडा अधिकतम २१२० युएई दिराम रहेको छ। यो भनेको आजको सटहीदरअनुसार ६७ हजार ६०७ रुपैयाँ हो। जुन अमेरिकी डलरमा हिसाब गर्दा ५७७ अमेरिकी डलर हो।
यसअघि दुबइको चार्टर्ड भाडा ५४० अमेरिकी डलरसम्म थियो। यद्यपी नेपाल एयरलाइन्सले भने यो भन्दा सस्तोमा ल्याएको थियो।
नेपाल एयरलाइन्सले विभिन्न चार श्रेणीका भाडा निर्धारण गरेको छ। यसमा सबैभन्दा न्यून ओ श्रेणीमा १४४० दिराम, एन मा १७२० र एममा १८२० दिराम निर्धारण गरेको छ।
नेपाल एयरलाइन्सले दुबईबाट आउने भाडा भनेर सार्वजनिक गरेको सबैभन्दा सस्तो नै ३९२ अमेरिकी डलर हो। जुन सरकारले तोकेको चार्टर्डभन्दा अलिकति सस्तो हो।
सबैभन्दा सस्तो टिकट अहिलेको समयमा पाइने सम्भावना न्यून हुन्छ।
एयरलाइन्स आफैले उडान संख्या, यात्रु तथा बर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने भनेर घोषणा नै गरेको छ।
त्यस्तै मलेसियाको भाडादर पनि उच्च रहेको छ।
मलेसियाका लागि नेपाल एयरलाइन्सले अधिकतम ४८२ अमेरिकी डलर भाडादर निर्धारण गरेको छ। यो रुटमा पहिले चार्टर्ड उडानको भाडा ४६० डलरसम्म थियो।
त्यस्तै हङकङको भाडा भने ५४१ अमेरिकी डलर तोकिएको छ। हङकङका लागि एकमात्र भाडादर सार्वजनिक गरेको एयरलाइन्सको यसअघि चार्टर्डमा अधिकतम भाडा ५२० डलर थियो।
त्यस्तै नारिताका लागि भने चार्टर्डभन्दा २ सय डलर सस्तिएको छ। यसअघि ९३५ डलर भएकोमा ७१७ डलरमा झरेको छ।
यसअघि सरकारले तोकेको चार्टर्ड भाडादर यस्तो छ: उद्धार उडान: सरकारले घटायो भाडा, कहाँको कति भयो? (सूचीसहित)