संसारभर कोरोना भाइरस महामारीका कारण यात्रा अवरुद्ध भएको छ। देशभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम धेरै ठाउँमा रोकिएको छ।
यसरी यात्रा रोकिंदा बलियो अर्थतन्त्र भएका कतिपय देशका ठूला एयरलाइन्स पनि गम्भिर आर्थिक संकटमा परिरेको समाचार तथा तथ्यांकहरु आइरहेका छन्।
कोरोना सुरु भएको चीनमा भने देशभित्र हुने आन्तरिक हवाइ यात्रा महामारी सुरुकै अवस्था नजिक पुगेको छ।
चीनको सरकारी सञ्चार संस्था सिजिटिएनको वेब पोर्टलमा प्रकाशित समाचारअनुसार अगष्टको दोस्रो हप्तासम्मको तथ्यांकअनुसार सन् २०१९ को तहको ८६ प्रतिशत उडान भइरहेका छन् भने ९८ प्रतिशत टिकेटिङ भएको छ।
रिकभर हुन लागेसँगै चिनियाँ एयरलाइन्सहरुको नोक्सानी पनि घट्दै आएको छ। सन् २०२० को पहिलो त्राइमासमा ५ अर्ब चिनियाँ युआन नोक्सानी बेहोरेको चाइना साउदर्नले दोस्रो त्राइमासमा साढे २ अर्ब युआनमात्र क्षति बेहोरेको छ।