यो वर्षको 'ईश्वरीलाल स्मृतिमा पुरस्कार' उपेन्द्रमान प्रधानाङ्गलाई प्रदान गरिएको छ। वाणिज्य शास्त्रको लामो समय प्राध्यापन गरेका श्रेष्ठको स्मृतिमा स्थापित यो पुरस्कार वर्षेनी दिइँदै आएको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा लामो समय सेवा गरेका प्रधानाङ्गलाई यो वर्षको ईश्वरीलाल श्रेष्ठ स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका संयोजक प्रा. पुष्करराज बज्राचार्यले जानकारी दिए ।
६७ औं वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानाङ्गलाई यो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । यो पुरस्कार केही दिनभित्रै प्रा. प्रधानाङ्गलाई हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत विभिन्न व्यक्तिको सहभागिता थियो । अध्यक्ष श्रेष्ठका अनुसार वाणिज्यशास्त्रका गुरु ईश्वरीलाल श्रेष्ठको व्यावहारिक शिक्षाकै कारण मुलुकका स्थापित व्यवसायीहरुले सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गरी व्यवसायमा स्थापित हुन सकेका छन् ।