सरकारले ल्याएको होम डेलिभरी गर्दा अपनाउनुपर्ने मापदण्डप्रति ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले असन्तुष्ट जनाएको छ।मापदण्डमा केही बुँदाहरू संशोधन गर्नुपर्ने उनीहरूले बताएका छन्।
जनताको प्रत्यक्ष सेवामा रहेका सुरक्षाकर्मीलाई पिपिई समेत अनिवार्य नगरिएको तर डिजिटल कारोबार र सामाजिक दुरी कायम गरेर डेलिभरीका कर्मचारीलाई पिसिआर रिपोर्ट अनिवार्य गराइएको न्यायोचित नभएको उनीहरूको भनाइ छ।
जोखिम भएको अवस्था, रोगको लक्षण भएमा र कन्ट्र्याक ट्रेसिङ अन्तर्गत आवश्यकता भएको अवस्थामा कर्मचारीको पिसिआर जाँच गर्न हामी सदैव सकारात्मक छौं तर अनिवार्य गर्न भने नहुने उनीहरूले बताए।
अत्यावश्यक बस्तुको डेलिभरी बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निर्बाध संचालन गर्न दिन सञ्चालकहरूले माग गरेका छन्।
हाल स्कुलदेखि विश्वबिद्यालय बन्द भई विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेसनरी सामानलाई पनि अत्यावश्यक बस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वाताबरण बनाउनु पर्ने उनीहरूको माग छ।
प्रायजसो कार्यालयका कर्मचारी घरैमा बसेर काम गरिरहेको सन्दर्भमा इलेक्ट्रोनिक्स एवम इलेक्ट्रिकल लगायतका घरायासी सामग्रीको समेत सुरक्षीत डेलिभरी गरी उपभोक्तालाई सुबिधा दिनुपर्ने उनीहरूले बताएका छन्।
यस संस्थाले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीमा समेत होम डेलिभरी सहज बनाइदिन ज्ञापन पत्र दिएको छ।
यसअघि भदौ ११ गते ई-कमर्स कम्पनिका सन्चलक र होम डेलिभरीका कर्मचारी गरी ९९ जना प्रहरी नियन्त्रणमा परेपछी नेपाल इकमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो।
सोही माग बमोजिम भदौ १४ गते सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौको सम्योजकत्वमा बाणिज्य बिभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरिको एक÷एक जना अधिकृत प्रतिनिधि सहितको समिती बन्यो जसको जिम्मेवारी होम डेलिभरीको मापदण्ड बनाउने बताइएको थियो।