हिमालय एयरलाइन्सले आईएसओ ९००१–२०१५ प्रमाणपत्र प्राप्त गरेको छ।
चिनियाँ लगानीको अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस)ले प्रमाणीकरण गरिदिएको हो।
मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गरेको भन्दै उक्त प्रमाणपत्र हिमालयले पाएको हो।
गुणस्तरीय र सुरक्षित उडान सेवालाई यो प्रमाणपत्रले पुष्टि गरिदिएको हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले भने।
“यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो जसले हाम्रा ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमा ग्राहकहरुलाई केन्दित गरि सेवा पु¥याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ । आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिक लाभहरु ल्याउनेछ ” श्रेष्ठले भने।