यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई असोज १ गतेबाट गाडी चलाउने जानकारी गराएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं र तीन वटै यातायात मजदुर संगठनले शुक्रबार मन्त्री नेम्वाङलाई भेटेर गाडी चलाउने वातावरण बनाइदिन आग्रह गरेको महासघंका महासचिब सरोज सिटौलाले जानकारी दिए।
‘हामी आसोज १ गते विश्वकर्मा पुजा गरेर गाडी चलाउछौं र त्यसको लागि सहजीकरण गर्न मन्त्री ज्यूलाई आग्रह गरेका छौं। उहाँ पनि सकारात्मक हुनुहुन्छ,’ सिटौलाले भने।
त्यस्तै, हाल कायम गरिएको १६ सिट भन्दा कम क्षमताको गाडी चलाउन नपाउने प्रावधान पुनःविचार गर्न समेत आग्रह गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए।
‘साना गाडी चलाउने मजदुरको अवस्था दिनदिनै दयनीय हुँदै गइरहेको छ। यसकारणं असोज १ गतेबाट चलाउछौं भनेका छौ,’ उनले सेतोपाटीसगँ भने।
मन्त्री नेम्वाङले यी विषयबारे सिसिएमसी, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष कुरा राख्ने प्रतिवद्धता गरेको राईले बताए।
बैठकमा २० वर्ष पुरानो गाडी चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरबाट घर जाने यात्रुको लागि पारदर्शी रुपमा व्यवसायीले यातायात संचालन गर्न पाउनुपर्ने लगायत विषयमा छलफल भएको थियो।