के तपाई कुनै नयाँ सोचसहित वस्तु तथा सेवा उत्पादन गर्नका लागि तयारी गरिरहनु भएको छ? वा उत्पादन सुरु गरेर पनि पुँजी अभावमा काम गर्न सक्नुभएको छैन? यस्तै समस्यामा परेका उद्दमशीलका लागि पुँजी जुटाउने अवसर हो आइ-क्युव बिजनेस इनकब्सन कार्यक्रम।
युके एडसँगको सहकार्यमा नेपाल कम्युनिटेरले ल्याएको कार्यक्रममा सहभागी भएर छनौट भएपछि १ लाखसम्मको सिड फन्डिङ पाउने छन्।
कार्यक्रममा सहभागी हुनका लागि विभिन्न मापदण्डहरु निर्धारण गरिएको छ। यस्ता मापदण्ड पूरा गरेकाहरुले यस्तो लगानी पाउनसक्छन्।
१-२ वर्षको बीचमा स्थापना भएर वस्तु तथा सेवा उत्पादन भएका कम्पनीहरु यसका लागि योग्य हुने छन्। २ भन्दा बढी सदस्य भएका कम्पनीहरु सहभागी हुन पाउने यो कार्यक्रममा सेप्टेम्बर २७ सम्म आवेदन दिन सकिने छ।