आजदेखि आन्तरिक उडानको संख्या बढेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा एयरलाइन्सहरुले आजदेखि दैनिक उडान संख्या बढाएका हुन्।
महामारी अघिको उडानको तुलनामा ५० प्रतिशतसम्म उडान अनुमति दिने सरकारको निर्णयअनुसार प्राधिकरणले एयरलाइन्सको मागअनुसार उडान संख्या बढाएको हो।
असोज ५ गतेदेखि २५ प्रतिशत उडान सुरु भएको थियो। यात्रुको माग बढ्दै गएपछि एयरलाइन्सले उडान बढाउन अनुमति मागेका थिए।
सोही मागको आधारमा प्राधिकरणले अनुमति दिएको हो। प्राधिकरणले दिएको अनुमतिअनुसार आजदेखि बुद्ध एयरले दैनिक २९ उडान गर्ने छ। असोज ५ गतेदेखि बुद्धले २१ उडान गर्दै आएको थियो।
त्यस्तै यसअघि दैनिक १५ उडानबाट सुरु गरेको यती एयरलाइन्सले भने १५ उडान गर्ने छ। तारा एयरले काठमाडौंबाट दैनिक लुक्ला ३ र फाप्लु हप्तामा ३ उडान गर्ने
श्री एयरलाइन्सले दैनिक १२ उडान गर्ने छ भने सीता एयरले दैनिक ३ उडान गर्ने छ। समिटले लुक्ला दैनिक २ र जोमसोम हप्तामा ३ उडान गर्ने छ।
सिम्रिक एयरला दैनिक २ उडानको अनुमति पाएको छ।