भोकले पिरोलिरहेको बेला आफैं खाजा बनाउन हामीलाई जाँगर लागेन। लकडाउन खुलेसँगै रेस्टुरेन्टहरू पनि खुल्न थालिसकेका थिए।
रेस्टुरेन्टमा बसेर नखाएको थुप्रै भइसकेको थियो। फ्रेन्च फ्राइ र मःम निकै मिस गरेका थियौं। त्यसैले हामी खाजा खान रेस्टुरेन्ट जाने भयौं- झम्सिखेलमा रहेको ‘झमेल बिट्स’।
कोरोना महामारी बढिरहेका बेला जथाभावी खान डर छ। रेस्टुरेन्टहरूले कत्तिको सुरक्षा अपनाएका छन् हेरेर मात्र खाने सल्लाह थियो हाम्रो।
हामी खाजा खान झमेल बिट्स पुग्यौं। ढोकामै स्यानिटाइजर राखिएको रहेछ। टिस्यु पेपर पनि। स्यानिटाइजर हातमा दल्दै हामी भित्र पस्यौं।
रेस्टुरेन्टका दाइ धुँवा फाल्नेजस्तो मेसिनबाट सोफा र टेबुल सफा गर्दै रहेछन्।
जिज्ञासामा नाम सोधिहाल्यौं, मेसिनको नाम ‘गन मेसिन’।
दाइले थपे, ‘हामीले ग्राहक र आफ्नो सेफ्टी मेजर्सका लागि स्यानिटाइजर, गन मेसिन, भेपोराइज्ड सेल्फ स्यानिटाइजरहरू पनि राखेका छौं।’
यति सुनेपछि बल्ल ढुक्क हुँदै हामीले खाजा मगायौं। र दाइसँग कुराकानी गर्दै रेस्टुरेन्टमा राखिएका अन्य सेफ्टी मेजर्सबारे कुराकानी थाल्यौं।
हाम्रो बाँकी कुराकानी भिडिओमै सुन्नुस् है।