गोदरेज एप्लियन्सेसले किटाणुनाशक नयाँ उत्पादन ‘भिरोसिल्ड’ नेपाली बजारमा ल्याएको छ। जसले दुईदेखि ६ मिनेटमा किटाणु नाश गर्ने कम्पनीले बताएको छ। यसको बिक्री सुरु भइसकेको छ।
‘भिरोसिल्ड’ले खाद्यान्न, फलफुल, डेरी उत्पादन, प्याकेजिङ खाना, मास्क, थर्मोमिटर, मोबाइल, वालेट, चस्मा, घडी, किताब लगायत सामग्रीमा किटाणु संक्रमणबाट बचाउँछ। जुन ३० ली. क्षमतामा बजारमा पाइन्छ।
यो औषधिलाई 'इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च'ले प्रमाणिकरण गरेको कम्पनीको भनाइ छ।
गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ।
गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर लगायत सामाग्री बजारमा पाइन्छन्।