विद्युतीय दीगो गाडीले ‘दीगो स्वर्ण उत्सव’ योजना ल्याएको छ। यो योजनाअनुसार गाडी किन्दा मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन्।
यसबाहेक ग्राहकले निः शुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जा लगायत सुविधा पाउने छन्।
दीगोले नेपाली बजारमा दीगो इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो। उक्त योजना यी चारवटै मोडलहरुमा लागू हुने कम्पनीले बताएको छ।
दीगो इ८ ह्याचब्याक कार हो यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ। यो कारमा १५.२ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ। १५ किलोवाटको मोटर छ। एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ।
डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो। यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ। यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ। एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ।
त्यसैगरी, जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो। ९० लाख रुपैयाँ मूल्य पर्ने इ६ मिनिबसमा ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ। एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ।
सिएचटिसी इ–बस २८ सिटको छ। १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको छ।
यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ। यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ। एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्ने कम्पनीले बताएको छ।