ग्यापु मार्केटप्लेसको ‘दशैंतिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहार याेजना सुरु भएको छ।
ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी, फ्रिज, डिजेआईको एक्सन क्यामेरा र ड्रोन क्यामेरा ७ जनाले पाउने छन्।
मंसिर ५ गतेसम्म लागू याे याेजनामा सामान किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने छन्।
ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैकंसँगको सहकार्यमा क्यास ब्याक दिने बताएको छ। अफर अन्तर्गत क्यासब्याक ६० लाख सम्मको रहेको छ।
त्यस्तै असोज २३ गते लाग्ने फ्ल्यास सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन्।
फोन पेको तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउने छन्।
त्यस्तै हरेक साता फोन पे को तर्फबाट १५ जनाले ५ सय बराबरको कुपन समेत पाउने छन्।
प्रभु पेको युजरले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि पाउने छन्।
सामान्न किन्ने हरेक ग्राहकले प्रभु पेको तर्फबाट एक महिनाको 'सब्सकृप्सन' सहित ओटिटी (मोबाइल टिभी) पाउनेछन्।
सेल पेबाट भुक्तानी गरी सामान किन्ने ग्राहकले एक सय प्रतिशत क्यास ब्याक पाउने छन्।
त्यस्तै, एनआइसी एसिया बैंकले पनि २० प्रतिशत क्यास ब्याक दिने भएको छ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ।
ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन्।
त्यस्तै डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।