कोरोना भाइरस महमारी बावजुत अर्बपतिहरूको सम्पत्तिमा वृद्धि देखिएको छ। महामारीका बीच अर्बपतिहरुको कुल सम्पत्तिले नयाँ रेकर्ड बनाएको तथ्याङ्कले देखाएको हो।
२०२०, जुलाई अन्त्यसम्मको रेकर्ड अनुसार उनीहरुको कुल सम्पत्ति १०२ खर्ब (१०.२ ट्रिलियन अमेरिकी डलर) पुगेको छ।
स्विस बैंक युबिएस र पिडब्लुसीका अनुसार सन् २०१७ मा अर्बपतिहरुको कुल सम्पत्ति ८९ खर्ब (८.९ ट्रिलियन अमेरिकी डलर) पुगेको थियो।
सन् २०१७ देखि २०२०, जुलाई आइपुग्दा संसारभर अर्बपतिको सङ्ख्या पनि बढेको छ। २०१७ मा संसारभर जम्मा ३१ जना अर्बपति थिए भने हाल यो सङ्ख्या बढेर २ हजार १ सय ८९ पुगेको छ।
जुलाइमा सार्वजनिक रिपोर्ट अनुसार महामारी समय प्राविधिक, स्वास्थ्य, औद्योगिक, मनोरन्जन, वित्तीयदेखि हरेक क्षेत्रका उद्यमीहरूको सम्पत्तिमा वृद्धि देखियो।
प्राविधिक तथा सामाजिक क्षेत्र बाहेकका क्षेत्रबाट अर्बपति भएका व्यक्तीको धन–राशी वृद्धि निकै सुस्त गतिमा देखिएको छ।
नयाँ अर्बपतिहरु जन्मिदैं गर्दा संसारका अर्बपतिहरुको संख्या दोब्बर भएको छ। उनीहरुको कुल सम्पति झन्डै तीन गुणाले बढेको सिएनएनले जनाएको छ।
‘पछिल्लो दुई वर्ष यता प्रविधिको प्रयोगमा आफ्नो व्यवसाय मोडेल परिवर्तन गरेका उद्यमीहरुको उत्पादन र सेवा राम्रो हुदैँछ। साथै उनीहरुको व्यवसाय पनि फस्टाउँदो छ’, रिपोर्टमा लेखिएको छ, ‘यो महामारीको समय प्रविधिकै कारण उनीहरुको सम्पतिमा वृद्धि देखिएको हो।’