नेपाली र भारतीय उत्पादन तथा उत्पादकहरुलाई एकै ठाउँमा राखेर नेपाल-भारत फ्रेन्चाइज एक्स्पो, अवार्ड तथा समिट आयोजना हुने भएको छ।
दुई देशबीचका उत्पादन तथा उत्पादकबीचको सम्बन्ध विस्तार, लगानी प्रबर्द्धन तथा प्रविधि हस्तान्तरणका विषयमा छलफल तथा अनुभव आदान प्रदानका लागि भर्चुअल रुपमा असोज ३० देखि कात्तिक २ सम्म आयोजना हुने भएको छ।
नेपालस्थित भारतीय दुतावासले नेपाल फ्रेन्चाइज र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा यो समिट आयोजना गर्न लागेको हो।
यो दोस्रो संस्करणको एक्स्पो हो। पहिलो संस्करणको एक्स्पोमा भएको सहभागिताका उत्साहित भएर यो वर्ष भर्चुअल रुपमै भएपनि आयोजना गर्न लागिएको भारतीय दुतावासले जानकारी दिएको छ। अघिल्लो वर्ष ७० भारतीय र २० नेपालि ब्रान्ड र २ हजार बढी व्यवसायीहरुको सहभागिता रहेको थियो।
यो इभेन्टबाट दुई देशका व्यवसायीले एकआपसमा सम्बन्ध तथा लगानी विस्तारको अवसर पाउने दुतावासको विश्वास छ।
यसमा सहभागी हुनका लागि नेपाल फ्रेन्चाइजी डटकमको वेबसाइटमा दर्ता हुनुपर्ने छ।