नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आजदेखि काठमाडौंमा सुरु भएको छ। कोरोना भाइरस संक्रमण महामारीका कारण भर्चुअल माध्यमबाट सुरु भएको साधारणसभाले आगामी कार्यकालका लागि कार्यसमितिको पनि निर्वाचन गर्ने छ।
निजी क्षेत्रको छाता संगठन महासंघको यो सधारणसभा कोरोना महामारीकै कारण सर्दै आएको थियो। गएको चैतमै हुनुपर्ने भएपनि महामारीका कारण सर्दै आएको थियो।
साधारणसभा भर्चुल भएपनि महासंघको निर्वाचन भने भौतिक उपस्थितिमै हुने छ। विभिन्न स्थानहरु विभाजन गरेर मतदातनको व्यवस्था मिलाइने महासंघले जानकारी दिएको छ।
शनिबार हुने निर्वाचनका लागि ११७ जनाले उम्मेद्वारी दिएका छन् भने २ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
वरिष्ठ उपाध्यक्षको प्यानल नै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका व्यवसायीहरु अन्तिम चुनावी दौडधुपमा रहेका छन्।
निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेद्वार दिएका छन्। ढकाल समूहमा अन्य उपाध्यक्षमा जिल्ला नगर उद्योग वाणिज्य संघ तर्फको उपाध्यक्षमा गुणनिधी तिवारी, एशोसिएट् तर्फबाट रामचन्द्र संघई र वस्तुगत तर्फबाट उमेशलाल श्रेष्ठ रहेका छन्। यीमध्ये ढकाल र श्रेष्ठ वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन्।
त्यस्ते किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहेका छन्। उनको प्यानलमा जिल्ला नगर संघ तर्फ दिनेशलाल श्रेष्ठ, एशोसिएट् तर्फ सौरभ ज्योति र वस्तुगत तर्फ अन्जन श्रेष्ठ रहेका छन्।
महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष हुने छन्।
महासंघमा ६३ पदका लागि निर्वाचन हुन्छ।