नेपालमा उत्पादित खुकुरी रम विश्वका १३ देशमा उपलब्ध हुन थालेको छ। नेपाल, भारतसहितका १३ देशमा यसले आफ्नो बजार पकड गरेको नेपाल डिष्टिलरी प्रालिले जनाएको छ।
अमेरिकामा पनि पुनः खुकरी रम प्रवेश गराउन लागेको सो कम्पनीको भनाइ छ।
नेपाल डिष्टिलरी प्रालिको सन् १९५९ मा भएको थियो। जसको एक मात्र लक्ष्य नै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याइ आफ्नो देशलाई पनि गौरवान्वित बनाउने रहेको कम्पनीले जनाएको छ।
सुरूआती दौरानदेखि नै नेपालको सबभन्दा उत्कृष्ट मदिरा खुकुरीले नेपाली मदिराको विरासतलाई अन्तर्राष्ट्रिय परिदृश्यमा स्थापित गर्दै आएको छ र यो जहाँ जहाँ उपलब्ध भएको छ, त्यहाँ त्यहाँ यो व्यापक रुपमा प्रंशसित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खुकुरीले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुँगा थपेको छ । सम्भवतः रमको लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामा यसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलता हो ।
नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित हुन सफल हुदाँ आफूहरु निकै खुसी भएको नेपाल डिष्टिलरीजका कार्यकारी निर्देशक के के चुरिवालाले बताए।
'विश्वव्यापी महामारीको बीचमा पनि कम्पनीको लागि ठूलो फड्को साबित भएको छ र हामी साँच्ची नै हाम्रो उपलब्धि प्रति गर्व गर्दछौं र यी नै उपलब्धिका साथ हामी घोषणा गर्छौं ‘गर्वकासाथ नेपाली', नेपाल डिष्टिलरीजका महा–प्रबन्धक सुभाष लामिछानेले भने।
खुकुरी रम नेपालको रुचाइएको ब्राण्डमध्ये एक हो। नेपाल डिष्टिलरीज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो।