नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उपाध्यक्षका उम्मेद्वार रहेका सौरभ ज्योतिले महासंघमा १२ वर्ष काम गरेपनि अहिलेसम्म राजनीति बुझ्न नसकेको बताएका छन्।
काठमाडौंमा जारी महासंघको ५४ औं साधारणसभालाई सम्बोधन गर्दै ज्योतिले आफू यो चुनावमा उपाध्यक्षको उम्मेद्वार भएर तयारी गर्दा धेरैको साथ र सहयोग पाएको तर राजनीति भने बुझ्न नसकेको बताएका छन्।
'यो चुनावी प्रतिस्पर्धामा लाग्दै गर्दा मैले धेरैको साथ र सहयोग पाए। धेरैको समर्थन पनि पाए। तर दु:खद कुरा मैले राजनीति भने बुझ्न सकिन' उनले भने।
चुनावी प्रतिस्पर्धा सामन्य भएको र निर्वाचित भएर आएपछि सबैको एजेन्डा एकै भएकाले यसबाट महासंघको गरिमा बढाउने अभियानमा फरक नपर्ने उनको भनाइ छ।
आफूले महासंघमा लामो समयदेखि काम गर्दै आएको र पदाधिककारीमा निर्वाचित भएमा नेतृत्वदायी भुमिकाबाट काम गर्ने उनको प्रतिबद्धतता छ।