परफेक्ट फुड्स प्रालिले सेन्टर फ्रिल्ज चुइगम विभिन्न फ्रुटको स्वादमा बजारमा उपलब्ध भएको छ ।
२०१६ सालदेखि विभिन्न चकलेट क्याण्डी तथा ललीपप उत्पादन गर्दै आइरहेको परफेक्ट फुड्सले जर्मन प्रविधिबाट यो चुइगम उत्पादन गरेको हो ।
सेन्टर फ्रिल्ज भित्री भागमा फलफूलको जेल हालेर बनाइएको, नेपालकै पहिलो लिक्विड फिल्ड चुइगम हो। युरोपबाट ल्याइएको गमबेसद्धारा उत्पादित यो चुइगम विभिन्न फ्रुटको स्वादमा नेपालमै उत्पादन भइरहेको छ ।
दुई रुपियाँमा उपलब्ध हुने यो चुइगम बनाना, वाटरमेलन, मिन्ट, स्ट्रोबेरी, ब्लुबेरी र मिक्स्ड फलफुलहरुको स्वादमा उपलब्ध छ ।
चकलेट क्याण्डी तथा ललीपप क्षेत्रमा राम्रै बजार हिस्सा आगोटेको परफेक्ट फुड्सले स्वास्थ्य र स्वादलाई मध्यनजर गर्दै उच्च गुणस्तरको उत्पादन गर्ने कुरामा कम्पनी विश्वस्त भएको कुरा कम्पनीका बिक्री प्रबन्धक अरुण गुप्ताले बताए।