शाह ग्रुप अफ फुड एण्ड फुड बेभरेजले बानेश्वरमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ।
यो समूहले लोकल सेकुवा नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो।
पुरानो बानेश्वर चोकबाट सिनामंगल जाने रोडमा खुलेको ‘लोकल सेकुवा’मा नेपाली खाना तथा फाष्ट फुडका आइटमहरु पाइने सञ्चालक रञ्जित शाहले जानकारी दिए । एकैपटक ३ सय जनालाई सेवा दिनसक्ने क्षमता राख्ने ‘लोकल सेकुवा’मा सेकुवाका विशेष आइटम पाइने छन्।
विभिन्न ठाउँमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको यो समूको यो आउटलेट सेकुवा केन्द्रित हुने छ।