कोकाकोला नेपालका लागि बोटलिङ पार्टनर, बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५२ लाख रूपैयाँ अनुदान प्रदान गरिएको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार यो अनुदान 'नेपाल ऊर्जा दक्षता कार्यक्रम' को एक हिस्सा हो जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो।
बोटलर्स नेपाल लिमिटेडले आफ्नो दुई प्रमुख पहलका आधारमा अनुदान प्राप्त गरेको जनाएको छ। यसअन्तर्गत भीएफडी अनुकूलता सहित नयाँ कम्प्रेसर स्थापना र इटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्छ। यी पहलहरूको मौलिक उद्देश्य कोकाकोलाको २०२० सम्ममा कार्बन फुटप्रिन्ट २५५ मा घटाउने विश्वव्यापी स्थिरता उद्देश्यद्वारा संचालित थियो।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, 'नेपाल सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा हामी खुसी छौं। हामीले हाम्रो आपूर्ति श्रृंखलामा महत्वाकांक्षी लक्ष्य राखेका छौं र उत्सर्जन घटाउन र ऊर्जा बचत गर्ने हाम्रो दृष्टिकोण समर्थन गर्न हाम्रा उपकरण र प्रविधिमा धेरै परिवर्तनहरू जारी राख्नेछौं।'
उनले थप्दै भने, 'यस्तो मान्यताले हाम्रो टोलीलाई हाम्रो विश्वव्यापी स्थिरता पहलमा प्रतिबद्ध रहन प्रेरित गर्छ।'
बोटलर्स नेपालका अनुसार कम्पनी काठमाडौं र भरतपुर दुवै उत्पादन केन्द्रमा ऊर्जा दक्षताका लागि प्रयासरत छ र सम्पूर्ण मूल्य श्रृंखलामा ऊर्जा र कार्बन दक्षता सिर्जना गर्दै धेरै पहलमार्फत नयाँ प्रविधि लगानी गरिरहेको छ।
वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ, र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशांत रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका विज्ञप्तिमा उल्लेख छ।