गएको वर्षदेखि नेपालमा पहिलोपटक भन्सार विभाले ल्याएको पूर्वादेश सुविधामा व्यवसायीहरुको आकर्षण देखिएको छैन।
आयातका सन्दर्भमा प्रक्रिया छोटो गराउन तथा अनुमानयोग्य कारोबारमा सहयोग पुग्ने यस्तो सुविधा लिनमा आयातकर्ताहरु इच्छुक भएका छैनन्।
जानकारीको अभावमा यो सुविधा लिनका लागि व्यवसायीहरु आकर्षित हुन नसकेको विभागको ठहर छ। अहिलेसम्म यस्तो सुविधा आधा दर्जन व्यापारिक फर्मलेमात्र लिएका छन्।
कुनै पनि आयातकर्ताले विदेशबाट वस्तु आयात गर्दा वस्तुको विवरण, उत्पत्ति, हार्मनाइज्ड कोड जस्ता सबै विवरण घोषणा गर्न पाउछन्। सोहीअनुसार उनीहरुका लागि भन्सार दर तथा करको पूर्वानुमान हुनेछ।
यसरी पूर्वस्वकृति लिएअनुसारको वस्तु आयात गरेको खण्डमा भन्सार जाँचपासमा पनि छिटो हुने विभागले जानकारी दिएको छ। तर स्वीकृत भन्दा बाहेकका वस्तु ल्याएमा भने थप जाँपास हुनसक्छ।
यो नियमले व्यापार सहजीकरणमा सहयोग पुग्ने भन्सार विभागको विश्वास छ।
तर व्यावसायीहरुले भने नेपालको भन्सार प्रणालीमा सबै इकोसिस्टम निर्माण भइनसकेकाले तत्काल खासै ठूलो प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन्।
यसले भन्सारमा लाग्ने करको पूर्वानुमान तथा आएपछिको अवस्थामा पनि मालवस्तु जाँचमा केही छरितो हुने भएपनि योभन्दा झन्झटिला अन्य प्रक्रिया भएकाले यसबाट राहत नमिल्ने उनीहरुको दाबी छ।