भक्तपुरको रानीकोटमा भिलेज हाईल्याण्ड रिर्सोट सञ्चालनमा आएको छ। सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान मानिने (२००० मिटर) रानीकोटमा उक्त रिर्सोट खुलेको हो।
५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट २५ करोड रुपैयाँको लागतमा निर्माण भएको सञ्चालक समितिका अध्यक्ष रामसुन्दर बकेले जानकारी दिए।

रिर्सोटमा हाल चार वटा भवन छन्। सूर्यविनायक चोकदेखि ७ किलोमिटर दुरीमा रहेको भिलेज हाइल्याण्ड रिर्सोटमा तत्काल २१ वटा कोठाहरु संचालनमा आएका छन्।
कूल १५० जना क्षमता भएकाे ३ वटा हल भएको रिसोर्टमा सबै आधुनिक सुविधाहरु रहेको सञ्चालक बकेले जानकारी दिए। होटल परिसरबाट हिमालको दृष्यवालोकन हुने तथा मनोरम वातावरण रहेको उनको भनाइ छ।

