नेपाल एयरलाइन्समा कार्यरत कर्मचारीहरुले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ऋण पाउने भएका छन्।
दुई संस्थाबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएसँगै ऋण पाउने बाटो खुलेको हो।
तलबी बचत खाता खोलेका र एयरलाइन्समा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले यस्तो ऋण पाउने छन्।
एयरलाइन्स प्रशासनको सिफारिसमा बिना धितो ऋण पाउने छन्। यस्तो ऋण १५ लाखसम्म हुने छ।
यसरी लिएको ऋणको आधार ब्याजदर हालका लागि ५.७४ प्रतिशत रहेको छ। दुई प्रतिशत प्रिमियमसहित कूल वार्षिक व्याजदर ७.७४ प्रतिशत हुने नेपाल एयरलाइन्सले जानकारी दिएको छ।