सुनचाँदी तथा कला ब्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको बिश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले यस्ता गरगहनाको निर्यातवाट मुलुकमा रोजगारीका अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका हुन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी ब्यवसायीहरुले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको प्रचुर संभाब्यता औंल्याउँदै त्यसवाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए ।
कार्यक्रममा नेपाल सनुचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसवाट नेपालले धेरै फाइदा लिन सक्ने बताए ।