इ–कर्मश अनलाइन सपिङ मुकुन्डो डट कम सोमबारदेखि संचालनमा आएको छ। अमेरिका र नेपालमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुले यो अनलाइन सपिङ सुरू गरेका हुन्।
कम्पनी एमपिएसवाइएस ग्रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सपिङ मुकुन्डो डट कम सार्वजनिक गरेको हो।
ग्राहकहरुलाई गुणस्तरिय सामान र उच्चस्तरिय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा इ कमश मुकुन्डो डट कम थपिएको कम्पनीका बिजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदु नन्दन भट्टराईले बताए।
यो अनलाइनमा आधिकारिक र गुणस्तरीय सामानहरु मात्र पाइने बताइएको छ। यसकारण ग्राहकहरुले सामान किनेपछि शत प्रतिशत सन्तुष्ट रहने विश्वास पनि आफूहरुले लिएको उनले बताए।
उक्त अनलाइनमा सामान किन्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने छ। साथै इ–सेवा, आइएमइ पे, खल्ती, फोन–पे, प्रभु–पे, सेल–पे, कनेक्ट आइपिएसबाट पनि सामानहरु किन्न सकिन्छ।
चाँडो डेलिभरी, काठमाडौं उपत्यकामा फ्रि डेलिभरी, इजी रिर्टन, क्यास अन डेलिभरी, रिवार्डस एण्ड लोयल्टी पोइन्स जस्ता सुविधाहरू ल्याइएको छ। यो अनलाइनको ब्रान्ड एम्बेस्डरमा कलाकार स्वस्तिमा खड्कालाई नियुक्त गरिएको छ।
एक वर्ष भित्रमा देशभर सामानहरु डेलिभरी गर्ने उद्देश्य यो कम्पनीको छ। एमबिएसआइएस ग्रुप सन् २०१९ मा स्थापना भएको हो।