कोभिड १९ को विश्वव्यापी महामारीका कारण कैयौं व्यवसायहरुमा असर परेको छ। परिणामस्वरुप रोजगारीको नयाँ अवसरहरुका साथै धेरैको आय श्रोत पनि गुमेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा मानिसहरु वित्तीय सुरक्षा तथा लचकता प्रदान गर्ने वैकल्पिक आयश्रोत तथा अवसरहरुको खोजी गरिरहेका छन्।
बीमा उद्योगमा बीमा सल्लाहकार वा सहयोगीको रुपमा काम गर्ने अवसर थुप्रै व्यक्तिहरुले पाउँछन्। विशेषगरी शिक्षित युवावर्गका लागि करियर पाथ हुनसक्छ। जसले ग्राहकहरुलाई सही वित्तीय सुरक्षा योजना खोज्न तथा उपभोग गर्न वित्तीय सुझाव र सल्लाह दिन मद्दत गर्दछन्।
विशेषगरी यी बीमा सल्लाहाकारहरु बीमा सेवा खोजिरहेका ग्राहकहरुका लागि पहिलो सम्पर्क विन्दु हुने भएकाले तिनीहरुलाई बीमा कम्पनी र ग्राहकबीचको पुलको रुपमा पनि लिने गरिन्छ। यो पदले परम्परागत कामहरु भन्दा फरक किसिमको भूमिका प्रस्ताव गर्दछ।
मानिसहरुलाई वित्तीय सुरक्षा प्रदान गर्न र सरकारको वित्तीय भार कम गर्न बीमाको महत्वपूर्ण भूमिका रहन्छ। यद्यपी हालसम्म नेपालमा कुल जनसंख्याको २२ प्रतिशतसम्म मात्र बीमाको पहुँच रहेको तथ्याङ्क छ। यस अर्थमा अझै पनि जनसंख्याको ठूलो हिस्साले उपलब्ध सबै बीमाका वित्तीय योजनाहरु आफ्नो जीवन हितका लागि उपभोग गर्न पाइरहेका छैनन्।
देशको प्रतिव्यक्ति आयको बढ्दो प्रवृत्ति सँगै धेरै व्यक्तिहरु आर्थिक जोखिम न्यूनिकरण गर्ने साधनको रुपमा बीमालाई प्रयोग गर्न इच्छुक भइरहेका छन्। तसर्थ, बीमा क्षेत्रमा काम गर्नु भनेको आफ्नो आयमा स्थायी वृद्धि गर्ने अवसर पनि हो।
जसलाई बीमा सल्लाहाकारहरुले आफ्नो अनुभव र विशेषज्ञताको माध्यमबाट आयको स्थायी वृद्धि गर्न/गराउन सक्दछन्। उदाहरणका लागि, मेटलाइफ नेपालले आफ्ना सबै बीमा सल्लाहाकारहरुलाई उचित प्रशिक्षण, मार्गदर्शन र सुपरिवेक्षण प्रदान गरी उनीहरुको कार्यक्षमता विकासका लागि पूर्ण रुपमा समर्थन गरिरहेको छ।
यस्तो करियरले अन्य मानिसहरुलाई अप्रत्याशित एवं दूर्भाग्यपूर्ण घटनाहरु घटेको खण्डमा उनीहरुलाई पर्न सक्ने आर्थिक नोक्सानबाट बचाउने अवसर प्रदान गर्दछ। बीमा सल्लाहाकारले मानिसहरुलाई उनीहरुको वित्तीय प्राथमिकता तथा भावी योजनाहरु पहिचान गर्न मद्दत गर्दछ।
सोहीकारण ग्राहकहरु आफ्नो जीवनको सबैभन्दा उत्तम र खराब गरी दुवै पलहरुमा बीमा सल्लाहाकारको साथ खोज्दछन्। यस अर्थमा बीमा सल्लाहाकारको उपस्थितिले समुदायमा मजबुत सम्बन्ध बनाउन पनि मद्दत गर्दछ।
बीमा सल्लाहाकारको रुपमा बीमा क्षेत्रमा काम गर्न अन्य जागिर सरह अनुभव, उमेर हदबन्दीको आवश्यक पर्दैन। र आफ्नो क्षमता र कार्यप्रदर्शनका आधारमा वित्तीय सहयोगीबाट एकाई प्रबन्धक हुँदै एजेन्सी प्रबन्धक भई करियरमा अगाडि बढ्न सकिन्छ। एजेन्सी प्रबन्धकको आफ्नै कार्यालय र कर्मचारीहरु हुन सक्छन्।
बीमा सल्लाहाकारको हिसाबले बीमा क्षेत्रमा कसैको आंशिक संलग्नता मात्रै पनि हुन सक्छ। बिहान ९ देखि साँझ ५ बजेसम्मको परम्परागत जागिर विपरित, बीमा सल्लाहाकारलाई आफू अनुकुल समय वा तालिका अनुसार काम गर्ने स्वतन्त्रता हुने गर्दछ।
हालको प्राविधिक प्रगतिहरुको प्रयोग गरी मेटलाइफका बीमा सल्लाहाकारहरुले जुनसुकै स्थानबाट पनि आफ्नो कार्यसम्पादन गर्न सक्दछन्। व्यवसायिक वातावरण निकै नै परिवर्तनशील र चुनौतीपूर्ण हुँदै गईरहेको छ।
उर्जावान युवाहरुले व्यवसायिक चुनौतीलाई आत्मसात गरी वित्तीय सचेततामा सबल तथा ज्ञानले भरिपूर्ण ग्राहकहरुलाई सेवा प्रदान गर्न कति सक्षम छु भनि आफ्नो क्षमता र नवीनतम कौशलताको प्रयोग गर्न सक्दछन्।
बीमा सल्लाहाकारले प्रत्येक ग्राहकको आवश्यकताको विश्लेषण गर्न उचित शीपहरुको विकास गरी उनीहरुलाई सही बीमा समाधान सिफारिस गर्नुपर्ने हुन्छ।
ग्राहकसँगको प्रत्येक छलफल नयाँ जानकारी र धारणा निकाल्ने अवसर हुन सक्दछ जुन वास्तविक व्यवस्थापन स्कूलमा सिकेभन्दा पनि बढी राम्रो मानिन्छ।
यस्तो वास्तविक जीवनको दुईतर्फी तार्किक तथा प्रासंगिक छलफलबाट आफ्नो करियरभरी धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ। जसले गर्दा आफूमा पनि व्यवसायिक एवं वैचारिक परिपक्वताको विकास हुने गर्दछ।
बीमा सल्लाहाकारको रुपमा करियरलाई अघि बढाउँदा व्यवसायिक विकास, राम्रो जीवनशैली र सम्मानित सामाजिक जीवन हासिल गर्न सकिन्छ।
अहिलेको अवस्थामा बीमाप्रति मानिसहरुको सकारात्मक सोच र रुचि बढ्नुका साथै थप बीमा सल्लाहाकारको माग पनि बढ्दै गइरहेको छ। मेटलाइफले बीमा सल्लाहाकार भर्ती प्रकृयालाई घरबाटै अवसर खोज्ने तथा जागिरमा सामेल हुन मिल्ने गरी सरलिकरण गरेको छ।