महिला ट्रेकिङ उद्यमीलाई प्रभु बैंकले सहुलियतपूर्ण कर्जा दिने भएको छ। बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा उक्त कर्जा योजना ल्याएको हो।
यो योजनाअन्तर्गत सोलुखुम्बुको पासाङ्गल्हामु गाउँपालिका वडा ३, फाकदिङमा २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा दिइएको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा र प्रमाणपत्र हस्तान्तरण गरे।
कोरोना भाइरस महामारीका कारण ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट बिमुख भएका महिला ट्रेकिङ उद्यमीहरुलाई व्यवसाय पून:सुचारु गर्न कर्जाले सहयोग गर्ने बैंकको विश्वास छ।