बुटवलमा पनि औजार कम्पनीको स्थापना भएको छ। गएको असोज १ गतेदेखि व्यवसायिक रुपमा यो कार्यालय स्थापना भएको हो।
उक्त कम्पनीले आवास मर्मत तथा संभार गर्दछ। यहाँ ५७ जना आवद्ध छन्। जहाँ दक्ष प्राविधिक, इन्जिनीयर, आर्किटेकहरुको समूह छ।
यसकारण छोटो समयमै मर्मतसंभारको क्षेत्रका अलग पहिचान बनाउन सफल रहेको औजारका प्रबन्ध संचालक उत्सब भट्टराइले बताए।
स्थापनाको पाचौं महिनासम्म आइपुग्दा यो कम्पनीले ५० बढी व्यवसायिक तथा आवासिय घरको मर्मत/संभार गरिसकेको छ।
सनिबार प्रजातन्त्रको दिवस पारेर औजारले कम्पनीले विस्तार गरेको हो। यसले २० भन्दा बढी सेवा दिन सफल भइसकेको संस्थाका प्रबन्ध तथा बजार व्यवस्थापक अजय त्रिपाठीले बताए।
‘प्लम्बिङ्ग, कार्पेन्टर, एलेक्ट्रिसियन, पेन्टर जस्ता अत्यावश्यक सेवा तत्काल दिइनेछ। अन्य सेवाहरु विस्तारै थपिदैं जानेछ’, औजार बुटवलका केशब राज पाण्डेले भने।