कोरोना महामारीकै क्रममा होटल क्षेत्रमा हुने बैंक तथा वित्तीय संस्थाको लगानी बढेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार यो वर्षको छ महिनामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले होटल क्षेत्रमा हुने ऋण प्रवाह बढेको हो।
गएको साउनदेखि पुषसम्म नेपालका बैंक तथा वित्तीय संस्थाहरुले होटल क्षेत्रमा ११ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्षको यही अवधिमा यस्तो लगानी १० अर्ब ४१ करोड थियो।
यो अवधिमा नयाँ पूर्वाधार निर्माण सुरु भएको भन्दा पनि पुरानै आयोजना, सञ्चालनमा रहेका होटलहरुले सञ्चालन खर्च चलाउनका लागि लिएको ऋणमा बृद्धि हुँदा यस्तो बृद्धि देखिएको राष्ट्र बैंकको भनाइ छ।
महामारीले निर्माण प्रभावित भएका निर्माणाधिक होटलका संचरना निर्माणले गति लिएको यस्तो ऋण प्रवाहले देखिएको बैंकको अनुमान छ।
पछिल्लो समय आन्तरिक पर्यटन लयमा फर्किन थालेसँगै मध्यमस्तरीय होटलहरुले राम्रो व्यापार गरेको तर ठूला र साना होटल अझै समस्यामा रहेको व्यवसायीहरुले बताउँदै आएका छन्।