नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ। कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु, चन्द्रागिरी क्षेत्र, थानकोट लगायत ठाउँहरुमा सेवा दिइरहेको छ।
ती ठाउँको भित्री स्थानमा सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा विस्तार गरेको कम्पनीको भनाइ छ।
क्लासिक टेकको यो १००औं आउटलेट हो। हरेक आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना कर्मचारी राखिएको छ।
कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवा दिइरहेको छ।
कम्पनीकाअनुसार १०० वटा आउटलेट खोल्ने योजना छ। फागुन महिनामा नेपालगंज, दमक र बिर्तामोडमा आउलेट खोलिनेछ।