सर्वोत्तम सिमेन्टले उत्पादन क्षमता बढाएको छ। उद्योगको उत्पादन क्षमता ४० हजार बोरा प्रति दिनबाट बढाएर ६० हजार पुर्याइएको हो।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो।
यो सिमेन्ट आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित छ।
कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर विक्री गरिरहेको छ।