नेपाल एयरलाइन्सले उडानको क्रममा देखिएको प्रणालीगत समस्याको बारेमा जानकारी नगराउने पाइलटलाई उडानमा रोक लगाएको छ।
गएको जनवरी ८ मा दोहाबाट आएको नेपाल एयरलाइन्सको आरए २४० नम्बरकोे उडान काठमाण्डौमा हार्ड ल्यान्डिङ भएको थियो। यो कुरा एयरलाइन्सले सिस्टमबाट एक महिनापछिमात्र थाहा पाएको थियो।
नियमित भन्दा कठिन अवतरण वा उडान भएको जानकारी गराउनुपर्ने पाइलटको जिम्मेवारी भएपनि सो नगरेको भन्दै एयरलाइन्सलाई उडान दलको नेतृत्व गरेका पाइलटलाई उडानमा रोक लगाइएको हो।