बुद्ध एयरले नेपालको जनकपुरबाट भारतको अयोध्यामा हवाइ उडान गर्न इच्छुक भएको बताएको छ।
नेपालको आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्सले जनकपुरबाट भारतको उत्तरप्रदेशको फैजावादमा उडान गर्न इच्छुक भएको जानकारी गराएको छ।
भारत सरकारले फैजाबादमा रहेको विमानस्थलको मर्यादा पुरुषात्तोम नामाकारण गर्दै सन् २०२२ देखि अन्तर्राष्ट्रिय उडान गर्न मिल्नेगरी निर्माण गरिरहेको छ।
बुद्ध एयरले उडानका लागि आन्तरिक तयारी गरिरहेको र अनुमतिका लागि नेपालको नियमक नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको जानकारी दिएको छ।
जनकपुरबाट अयोध्या उडान भएमा त्यसको उडान दुरी पचास मिनेटको हुने बुद्ध एयरले जानकारी दिएको छ।