हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएकाले हवाई भाडा बढाएका हुन्। वायुसेवा सञ्चालक संघले बढेको इन्धन मूल्यअनुसार भाडा वृद्धि गरिएको जानकारी दिएको छ।
गन्तव्यअनुसार भाडा फरक फरक रहेको संघले बताएको छ। सबभन्दा बढी २२० रूपैयाँ र न्यूनतम २० रूपैयाँले भाडा बढेको छ।
हवाई इन्धनको मूल्य प्रति लिटर २ रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ। आयल निमगले हालै मात्र इन्धनमा पाँच रूपैयाँ मूल्य बढाएको थियो।
बढेको इन्धनअनुसारको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुन्छ।
नेपाल सरकारले तोकिदिएको भाडादरमा इन्धन शुल्क थप गरेर उपभोक्ताले तिर्ने भाडा तय हुन्छ। जसमा सरकारले तोकेको भाडा स्थिर हुन्छ भने इन्धन शुल्क तलमाथि हुन्छ।
सेवाप्रदायकले बढाएको यो इन्धन शुल्क हो।