निभियाले अनलाइन सपिङ स्टोर दराज र अनलाइन् फूड डेलिभरी सर्भिस फूडमान्डुसँग सहकार्य गरेको छ।
सहकार्यपछि यी तीन कम्पनीले ‘चुज टु च्यालेन्ज अभियान’ थालेका छन्।
यो अभियान नेपालमा रेष्टुरेन्ट व्यवसायहरु संचालन गरिरहेका महिला उद्यमीहरुको उपलब्धिमा साथ दिने र पहिचान दिलाउने लक्ष्यमा केन्द्रित हुनेछ।
अन्य महिलाहरुलाई पनि त्यस्तै अवसरहरु सिर्जना गर्ने र चुनौति सामना गर्न हौसला प्रदान गर्ने उद्देश्य उक्त अभियानले लिएको छ।
प्रभावकारी कथाहरुको सहायताबाट यो अभियानले नयाँ महिला उद्यमीहरुलाई अघि बढ्न प्रेरित गर्ने विश्वास लिइएको छ।
धेरै महिलामध्ये चार महिला उद्यमीहरुको कथा र अनुभवलाई एक भिडियो मार्फत् प्रस्तुत गरिएको छ।
जसबाट महिला उद्यमीहरुले सामना गरेका चुनौतीहरु तथा उनीहरुका जीवनशैलीबारे बुझ्न सकिन्छ।