नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरसाइड भेहिकल (हवाइ क्षेत्रमा प्रयोग हुने सवारीसाधन) लाई प्राथमिकता दिने भएको छ।
नागरिक उड्डयन क्षेत्रको नियामक प्राधिकरण आफैले अबदेखि विमानस्थलमा थपिने हरेक सवारी सकेसम्म विद्युतीय नै किन्ने प्रतिबद्धता जनाएको छ।
सेवाप्रदयाकहरुलाई पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता राजकुरमा क्षेत्रीले जानकारी दिए।
'हामी आफै पनि त्यही बाटोमा छौं। ग्राउड ह्यान्डलिङ सेवा दिनेदेखि आन्तरिक उडान गर्ने एयरलाइन्सलाई समेत एयरसाइड भेहिकल किन्दा विद्युतीयलाई प्राथमिकता दिन भनेका छौं, उनले भने।
प्राधिकरणले यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको र पूर्वाधार निर्माणसँगै बाध्यकारी व्यवस्था गर्ने छ। तर अहिलेका लागि भने यो निर्देशन बाध्यकारी हुने छैन।
चार्जिङ स्टेशन लगायतका पूर्वाधार विमानस्थल क्षेत्रभित्रै तयार भएपछि प्राधिकरणले यसमा बाध्यकारी हुनेगरी व्यवस्था गर्ने छ।
अहिले यती एयरलाइन्स लगायतका केही सेवाप्रदायकले विद्युतीय सवारीसाधन प्रयोग गर्दै आएका छन्।