त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो व्यवस्थापन जिम्मेवारी सरकारी कम्पनीले नै निरन्तरता पाएको छ।
प्रतिस्पर्धा नगरी सरकारी स्वामित्वको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीसँगको सम्झौतालाई फेरि पाँच वर्षका लागि नविकरण गरिएको हो।
प्राधिकरणले सकारी स्वामित्वको कम्पनीलाई प्रतिस्पर्धा नगराइ सिधैँ नविकरण गरेको हो। प्राधिकरणले आधुनिक सेवा तथा दुरुस्त व्यवस्थापनका लागि प्रतिस्पर्धी सेवा छनौट गर्ने घोषणा गरेको थियो। तर, यसपटक पनि सोझै नविकरण गरिएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने कम्पनीको सेवा प्रवाहलाई चुस्त बनाउनुपर्ने, आधुनिक प्रविधि र जनशक्ती थप गर्नुपर्ने शर्तसहित नविकरण गरिएको बताए।
ुसरकारी कम्पनी भएकाले सिधैँ नविकरण गर्न कानुनी अड्चन छैन। सेवामा हामीले उसलाई विभिन्न शर्त राखेका छौं। यी शर्तहरु पुरा गर्नैपर्छु पोखरेलले सेतोपाटीसँग भने।
यसअघि विमानस्थलमा कार्गो व्यवस्थापनका लागि विदेशी कम्पनीलाई दिने प्रयास भएको थियो। पाँच वर्ष पहिले सिंगापुरको कम्पनीले चासो दिएको भएपनि प्राधिकरणले अहिलेकै सरकारी कम्पनीलाई निरन्तरता दिएको थियो।
कार्गो तथा गोदाम व्यवस्थापनमा हुने आम्दानीबाट प्राधिकरणले ६५ प्रतिशत पाउने छ। कम्पनीले ३५ प्रतिशत लिन्छ।