अमट्रेड प्रालीले भट्टराई एन्ड ब्रोदर्स पोखरालाई फेब्रुअरीको ‘डिलर अफ द मन्थ’ सम्मान दिएको छ।
भट्टराई एन्ड ब्रोदर्स, पोखराका संचालक अम्बिका मोहन भट्टराइलाई अमट्रेडका सह–महाप्रवन्धक योगराज ढुङ्गानाले सम्मानपत्र दिएका हुन्।
सह–महाप्रवन्धक ढुङ्गानाका अनुसार सन् २०२१ मा कम्पनीले निर्धारण गरेको मापदण्डभित्र रहेर प्रत्येक महिना उच्च कारोवार गर्ने डिलरलाई यस्तो सम्मान दिइन्छ।
यसैबिच लुमिनस पावर ब्याकअप सोलुसनका अमट्रेड प्रालीले सन २०२१ मा सञ्चालन गर्ने आफ्ना बजारीकरण गतिविधिहरुको योजना सार्वजनिक गरेको छ।
तीन तहमा निर्धारण गरिएको उक्त योजनाले डिलर, सब–डिलर र उपभोक्तालाई समेटेको छ। स्थानीय तह र बजारमा रहेका अमट्रेड प्रालिका डिलरहरु मार्फत उक्त योजनाका विभिन्न गतिविधीहरु संचालन हुनेछन्।
डिलरले प्रस्तुत गरेको अवधारणापत्र बमोजिम स्थानिय स्तरमा आयोजना हुने बजारिकरण गतिविधिहरु संचालन हुनेछन्। सब–डिलर र उपभोक्ताको हकमा आयोजना हुने गतिविधि कम्पनी आफैले संचालन गर्नेछ।
लुमिनसका डिलरलाई अतिरिक्त कार्यभार तथा व्ययभार ब्यहोर्न नपरोस भन्ने उद्देश्यले यस्तो व्यव्स्था गर्न लागिएको कम्पनिले जनाएको छ।