आइएमइ डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ र फूडमान्डुबीच सम्झौता भएको छ।
सम्झौता अनुसार फूडमान्डुबाट सामान किन्दा सेवाग्राहीहरुले आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन्। भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुवैमा सुरु गरिएको हो।
यससँगै फूडमान्डुमा आइएमई पेको भुक्तानी सेवासँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि सुरु गरिएको आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठलले बताए।
यसकारण आइएमइ पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले धेरै फाइदा लिन सक्नेमा आफू विस्वस्त रहेको उनले बताए।
सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६ सय बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गर्न सक्छन्।
फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।