मेराकी, होलिस्टिक वेलनेस रिट्रटको नेपालमा प्रि–लन्च भएको छ। मेराकी वेलनेस सेन्टर शिवपुरी डाँडा र बढानिलकण्ठमा प्रि–लन्च गरिएको हो।
सनिबार संचालनमा आएको यो सेन्टरमा प्राकृतिक चिकित्सा माध्यमबाट प्रमाणित विशेषज्ञले योगा, थेरापी लगायत गराउँछन्। साथै आत्मा शान्त गराउने पद्धति सिकाउने बताइएको छ।
मेराकी सेन्टरले जानेहरुको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको बताएको छ। यहाँ दुईवटा वर्कशप हुने बताइएको छ।