नेपाल उद्योग वाणिज्य महासंघले पचास स्टार्टअप्सलाई लगानीको अवसर जुटाइदिने भएको छ।
महासंघले पहिलोपटक गठन गरेको स्टार्टअपस तथा इनोभेसन समितिले यस्तो अवसर दिने भएको हो।
उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने र नयाँ रोजगारी सिर्जना गर्ने महासंघको लक्ष्य पूरा गर्नका लागि यस्तो कार्यक्रम अघि सारिएको समितिले जानकारी दिएको छ।
अहिलेका लागि समितिले पचास वटा स्टार्टअपहरुलाई पचास जना लगानीकर्तासँग भेटाएर अन्तरक्रिया गराउने छ। यसबाट लगानी तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना हुने समितिका सभापति रन्जित आचार्यले जानकारी दिए।
यो कार्यक्रममा भाग लिन इच्छुकहरुका लागि चैत अन्तिम सातादेखि आवेदन खुला हुने छ। यसमा आवेदन दिन योग्य हुनका लागि कम्तीमा एक वर्ष र सो भन्दा बढी संचालनमा आएको हुनुपर्नेछ । आवेदन सवै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा )का लागि खुला गरिने छ ।
यसरी आएका आवेदनमध्येबाट समितिले पचासजवटालाई छनौट गर्ने छ।
लगानीका लागिछनौट भएपछि तीन महिनाको मेन्टरशीप कार्यक्रममा हुने छ। यो कार्यक्रममा उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभव भएका २० जना हुने छन्।